यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश « Khabarhub

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘सी’ को खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

स्पेनका मिकेल मेरिनोले दुई गोल गरे । क्रोएसियाका इभान पेरिसिचले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती गोल क्रोएसियाले गरे पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । क्रोएसियाका इभानले खेलको १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ६१औँ र ८८औँ मिनेटमा मेरिनोले व्यक्तिगत दुई गोल गर्दै स्पेनलाई पुनरागमन जित दिलाए ।

यो जितसँगै चार खेलबाट स्पेन १२ अंकसहित समूह तालिकाको शीर्ष स्थानमा छ । पराजित भएको क्रोएसिया समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको इंग्ल्याण्डको ९ अंक छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ४२ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक