यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश « Khabarhub

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘सी’ को खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

स्पेनका मिकेल मेरिनोले दुई गोल गरे । क्रोएसियाका इभान पेरिसिचले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती गोल क्रोएसियाले गरे पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । क्रोएसियाका इभानले खेलको १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ६१औँ र ८८औँ मिनेटमा मेरिनोले व्यक्तिगत दुई गोल गर्दै स्पेनलाई पुनरागमन जित दिलाए ।

यो जितसँगै चार खेलबाट स्पेन १२ अंकसहित समूह तालिकाको शीर्ष स्थानमा छ । पराजित भएको क्रोएसिया समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको इंग्ल्याण्डको ९ अंक छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ४२ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन