काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेकियालाई ३–० गोलले हराउँदै इंग्ल्याण्ड विजयी भएको हो ।
इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले दुई गोल गरेका थिए । एक गोल चेकियाबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।
खेलको २७औँ मिनेटमा चेकियाका भ्लादिमिर कुफलले आत्मघाती गोल गरेपछि इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको थियो ।
खेलको ४०औँ मिनेटमा इंग्ल्याण्डका केनले गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि ५७औँ मिनेट केनले व्यक्तीगत दोस्रो गोलसँगै इंग्ल्याण्ड ३–० गोलले विजयी भयो ।
यो जितसँगै इंग्ल्याण्ड चार खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । पराजित भएको चेकिया अंकविहीन रहँदै समूह तालिकाको अन्तिममा छ ।














प्रतिक्रिया