मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण « Khabarhub

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।

याम्दीखोलामा रहेको पुरानो पुलको दायाँ र बायाँपट्टि थप एक–एकवटा नयाँ पुल निर्माण गरिएको हो । दुवै नयाँ पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । सडक फराकिलो भए पनि पुल निर्माणको काम पूरा नहुँदा कतिपय स्थानमा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा असहजता हुने गरेको थियो ।

विशेषगरी साँघुरो पुलका कारण विपरीत दिशाबाट आउने सवारीसाधनलाई पार गराउन समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो । अब सडकको चौडाइअनुसार पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त समस्या हटेको कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै यात्राको समय बचत हुनुका साथै सवारीसाधनको आवागमनसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

‘सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटना हुने जोखिम पनि हटेको छ । पुल निर्माणको सबै काम सम्पन्न भएको छ । यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ’, सूचना अधिकारी शर्माले भने ।

तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । सोहीअनुसार २१ करोड ५९ लाख ७८ हजार लागतमा २०७९ साल साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणकार्य अघि बढाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ ।

मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन साविक धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लामा आवतजावत गर्ने गर्दछन् । मालवाहक सवारी, सार्वजनिक यातायात तथा निजी सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्त्वपूर्ण मार्गका रूपमा रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ०८ बजे

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।