पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू « Khabarhub

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । 

आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाइका साथ लागू गर्ने जनाएको छ ।

प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा  आतीसबाजी नगर्नसमेत समाजका सबै तह र तप्कासँग अपिल गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले सबै नागरिकलाई सुरक्षित तवरले चाडपर्व मनाउन तथा आपराधिक घटना र गतिविधिमा संलग्नबारे समयमै खबर गरी सुरक्षित समाज निर्माण गर्ने साझा जिम्मेवारी र दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।

 प्रहरीको अनुरोधसम्बन्धी सूचनामा भनिएको छ, ‘चाडपर्वमा हुने आवतजावत, बजार तथा व्यापारिक स्थलमा हुने भीड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधिलगायतलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी एवं जनमैत्री विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ०९ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन