पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू « Khabarhub

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । 

आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाइका साथ लागू गर्ने जनाएको छ ।

प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा  आतीसबाजी नगर्नसमेत समाजका सबै तह र तप्कासँग अपिल गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले सबै नागरिकलाई सुरक्षित तवरले चाडपर्व मनाउन तथा आपराधिक घटना र गतिविधिमा संलग्नबारे समयमै खबर गरी सुरक्षित समाज निर्माण गर्ने साझा जिम्मेवारी र दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।

 प्रहरीको अनुरोधसम्बन्धी सूचनामा भनिएको छ, ‘चाडपर्वमा हुने आवतजावत, बजार तथा व्यापारिक स्थलमा हुने भीड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधिलगायतलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी एवं जनमैत्री विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ०९ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका लामबद्ध कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै