एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे « Khabarhub

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

'मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न हुँदैन'


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताएका छन् । 

बुधबार कांग्रेसको महाधिवशेन अन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै नेता आङदेम्बेले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्त्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेन जस्तै परिस्थितिमा पुर्‍याउँछन् भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताए ।

उनले महाधिवेशनमा युवा प्रतिनिधिदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूसम्मले देखाएको भरोसालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने उल्लेख गरे  । केवल नेतृत्व वा अनुहार फेर्दैमा पार्टीको दिगो विकास नहुने भन्दै उनले नीति, सिद्धान्त, संस्थागत प्रणाली र क्रियाशीलतामा परिवर्तन ल्याउन सके कांग्रेसले युगौँसम्म देशलाई दिशा निर्देश गर्न सक्ने धारणा राखे ।

नेता आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता प्राप्त गर्ने माध्यम मात्र नबनाई मुलुकको समृद्धि, समुन्नति र परिवर्तनका सोचहरू कार्यान्वयन गर्ने सशक्त पार्टीका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले पार्टीलाई सिङ्गो र एकढिक्का बनाएर लैजाने प्रयासलाई समर्थन गर्दै आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारे । आफू पदमा नरहे पनि संसद र सडकमा कांग्रेसको बलियो र प्रखर आवाज बनेर निरन्तर उभिइरहने उनको भनाइ छ ।  

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : २६ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल