एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे « Khabarhub

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

'मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न हुँदैन'


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताएका छन् । 

बुधबार कांग्रेसको महाधिवशेन अन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै नेता आङदेम्बेले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्त्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेन जस्तै परिस्थितिमा पुर्‍याउँछन् भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताए ।

उनले महाधिवेशनमा युवा प्रतिनिधिदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूसम्मले देखाएको भरोसालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने उल्लेख गरे  । केवल नेतृत्व वा अनुहार फेर्दैमा पार्टीको दिगो विकास नहुने भन्दै उनले नीति, सिद्धान्त, संस्थागत प्रणाली र क्रियाशीलतामा परिवर्तन ल्याउन सके कांग्रेसले युगौँसम्म देशलाई दिशा निर्देश गर्न सक्ने धारणा राखे ।

नेता आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता प्राप्त गर्ने माध्यम मात्र नबनाई मुलुकको समृद्धि, समुन्नति र परिवर्तनका सोचहरू कार्यान्वयन गर्ने सशक्त पार्टीका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले पार्टीलाई सिङ्गो र एकढिक्का बनाएर लैजाने प्रयासलाई समर्थन गर्दै आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारे । आफू पदमा नरहे पनि संसद र सडकमा कांग्रेसको बलियो र प्रखर आवाज बनेर निरन्तर उभिइरहने उनको भनाइ छ ।  

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : २६ बजे

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट