म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित « Khabarhub

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यअविधि सर्वसम्मतिले पारित गरेको छ।

बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यले हस्ताक्षर गरेका छन्।

समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमित समयभित्र प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु मुख्य चुनौती रहेको बताएका छन्।

उपसमितिको बैठक बुधबार पहिलोपटक बसेको र अर्को बैठक दसैँपछि मात्रै बस्ने उनले जानकारी दिए। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणको अध्ययन गर्ने प्रक्रियासमेत बैठकले तय गरेको छ।

प्राप्त दस्ताबेजको गोपनीयता कायम राख्न लेखा समितिकै सभाहलमा आवश्यक निगरानीका बीच अध्ययन गरिने स्पष्ट पारिएको छ। कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ।

सभापति झाले भने, ‘बैठकले १९ बुँदे कार्यविधि र कार्यअविधि सर्वसम्मतिले पारित गरेको छ। आगामी बैठक दसैँपछि बस्ने निर्णय भएको छ। उपसमितिको कार्यअवधि दुई महिना अर्थात् मङ्सिर २० गतेसम्म रहेको छ। प्राप्त दस्ताबेजहरूको गोपनीयता कायम राख्दै लेखा समितिकै सभाहलमा निगरानीका बीच अध्ययन गरिनेछ। कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइने छैन। अब मुख्य चुनौती चाडपर्वका कारण हुने लामो बिदा र सदस्यको जिल्ला भ्रमण हो।’

उपसमितिलाई प्राप्त कागजात तथा तथ्यको अध्ययन गरी प्रतिवेदन बुझाउन आगामी मङ्सिर २० गतेसम्मको दुई महिनाको समयसीमा ताेकिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ०२ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ