काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण खड्गीले बताएका छन् ।
सभापतिको उम्मेदवारी फिर्ताको आग्रह आएपछि आफूले छलफल गरे पनि उम्मेदवारीभने कायमै रहेको उनले बताए । “मेरो उम्मेदवारी फिर्ता भएको छैन,” खड्गीले भने, “हामी सभापतिका उम्मेदवारहरुबीच छलफल भएको हो । तर, सहमतिमा नपुगेका कारण मेरो उम्मेदवारी कायम छ ।”
गगन थापाविरुद्ध सभापतिमा दुईजनाले उम्मेदवारी दिएका थिए । कृष्णसिंह राठौरले उमेदवारी फिर्ता गरेका छन् भने खड्कीले उमेदवारी कायमै राखेका हुन् ।














प्रतिक्रिया