पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला « Khabarhub

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । 

नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन्  ।

महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी कांग्रेसले आफ्ना कार्यक्रमलाई आगामी दिनमा अगाडि लैजाने प्रतिबद्धता जनाइन् । 

पछिल्लो समय मुलुकमा शिक्षाको गुणस्तर खस्किएको भन्दै उनले यसलाई अगाडि बढाउन नेविसङ्घले प्रभावकारी रूपमा नृतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनले कांग्रेस र देशमा नयाँ उत्साह थपेको बताए । पार्टीलाई जीवन्त राख्न विचार सङ्गठन र सफल नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसमाथिको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बताए । उनले पार्टी बलियो बनाउनका लागि भ्रातृ संस्था बलियो हुनुपर्ने धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताइन् । नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । नेविसङ्घको महाधिवेशन शीघ्र गरिने उनको भनाइ थियो ।

नेपाली कांग्रेस गोरखाका नेता प्रकाशचन्द्र दवाडीले गोरखा कांग्रेसले युवामार्फत पार्टीको सङ्गठनलाई अगाडि बढाउँदै लगेको बताए । केन्द्रीयस्तरका नेता गाउँगाउँमा गएर सङ्गठन विस्तार गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले कांग्रेसलाई चलायमान बनाउन भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए । नेविसङ्घ गोरखा काठमाडौँ सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पाटीसँग जोड्नका लागि नेविसङ्घले काम गर्दै आएको बताए  ।

कार्यक्रममा गोरखाबाट पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी भएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  १२ : २५ बजे

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

 काठमाडौँ  – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

काठमाडौँ– नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

नयाँदिल्ली– भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि