नेतन्याहूलाई हटाएर राष्ट्रिय आपतकालीन सरकार बनाउन आइजेनकोटको प्रस्ताव « Khabarhub

नेतन्याहूलाई हटाएर राष्ट्रिय आपतकालीन सरकार बनाउन आइजेनकोटको प्रस्ताव


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायली नेता गादी आइजेनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै देशमा तत्काल राष्ट्रिय आपतकालीन सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

उनले नेतन्याहुलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनबाट रोक्न र देशलाई पुनः निर्वाचनमा जानुपर्ने अवस्था आउन नदिन शीघ्र नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

यहूदी पर्व शबात सुरु हुनुअघि इजरायली नागरिकलाई सम्बोधन गर्दै आइजेनकोटले देश अहिले गम्भीर र खतरनाक आपतकालीन अवस्थाबाट गुज्रिरहेको बताए । उनले वर्तमान सरकार इजरायली लोकतन्त्रको अस्तित्वका लागि नै खतरा बनेको आरोप लगाए ।

उनका अनुसार इजरायलले एकातिर युद्धका विभिन्न मोर्चामा चुनौती सामना गरिरहेको छ भने अर्कोतिर गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको छ ।

आइजेनकोटले संसद् (कनेसेट) का सदस्यहरूबीच भएको छलफलले नेतृत्व परिवर्तनको पक्षमा बहुमत रहेको देखाएको दाबी गरे । उनका अनुसार ४६ जना सांसद मात्र नेतन्याहुको कार्यकाल निरन्तरताको पक्षमा छन् भने ७४ जना सांसदले उनको नेतृत्वप्रति विश्वास व्यक्त गरेका छैनन् ।

अल्पमतमा रहेको कार्यवाहक सरकारले सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायमाथि नियन्त्रण कायम राख्नु खतरनाक भएको उल्लेख गर्दै उनले यस्तो अवस्था एक दिन पनि लम्बिन नहुने बताए ।

उनले आफ्ना सहयोगीहरूसँग राष्ट्रिय आपतकालीन सरकार गठनका लागि छलफल भइरहेको र यस दिशामा उल्लेख्य प्रगति भएको जानकारी दिए । आगामी साताको सुरुआतमै नयाँ सरकार गठनका लागि आफूलाई निमन्त्रणा प्राप्त हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

आइजेनकोटले प्रस्तावित सरकारका लागि चारवटा आधारभूत सिद्धान्त अघि सारेका छन् । जसमा इजरायललाई यहूदी तथा लोकतान्त्रिक राष्ट्रका रूपमा स्वीकार गर्ने, स्वतन्त्रताको घोषणापत्रमा उल्लेखित मूल्य-मान्यतालाई आत्मसात् गर्ने, सबै नागरिकका लागि सैन्य वा राष्ट्रिय सेवा अनिवार्य गर्ने तथा हमासलाई अतिवादी संगठनका रूपमा स्वीकार गर्दै उसको सैन्य र राजनीतिक शक्ति अन्त्य गर्ने प्रतिबद्धता जनाउने विषय समेटिएका छन् ।

उनले यी सिद्धान्तमा सहमत हुने सबै राजनीतिक दल र सांसदलाई आफ्नो नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन आह्वान गर्ने बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  १ : ०७ बजे

सरकार र डा. केसीबीच भएका ६ सहमति के-के हुन् ?

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा

नेतन्याहूलाई हटाएर राष्ट्रिय आपतकालीन सरकार बनाउन आइजेनकोटको प्रस्ताव

काठमाडौँ – इजरायली नेता गादी आइजेनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको

सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रबिन्दु हो : सांसद परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

 काठमाडौँ  – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था