काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको छ ।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा शनिबार बिहानदेखि भएको सुनुवाइ सम्पन्न भएको हो ।
पाण्डेको सुनुवाइ सकिएलगत्तै समितिले अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
डाँगीविरुद्ध समितिमा सातवटा उजुरी परेका छन् । तीमध्ये पाँचवटा उजुरीमा सबै प्रस्तावित न्यायाधीशविरुद्ध आपत्ति जनाइएको छ ।














प्रतिक्रिया