चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री « Khabarhub

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुने भएका छन् । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ ।

त्यसपछि उनी ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्किनेछन् । यद्यपि, उडानको मिति भने सार्वजनिक गरिएको छैन । यो मिसन चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हुनेछ ।

यसअघि यसै वर्ष सिन्ह्वाले जनाएअनुसार, दुई पाकिस्तानी अन्तरिक्ष यात्रीका उम्मेदवार मुहम्मद जीशान अली र खुर्रम दाउदले चिनियाँ समकक्षीसँगै तालिम सुरु गरेका थिए । उनीहरूमध्ये एक जनालाई छोटो अवधिको अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट गर्ने योजना रहेको बताइएको थियो ।

उक्त तालिममा अन्तरिक्ष यान सञ्चालनसम्बन्धी व्यावहारिक सीपका साथै चिनियाँ भाषाको गहन प्रशिक्षण पनि समावेश गरिएको थियो । यो उडान सन् २०२५ को फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताको हिस्सा हो ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो पटक मानवसहितको अवतरण गराउने लक्ष्य राखेको छ । अन्तरिक्ष अन्वेषणमा चीनको प्रमुख प्रतिस्पर्धी अमेरिकालाई मानिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ३ : २६ बजे

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

कास्की– पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य,