काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका विषयमा अदालतले न्याय दिने बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वसभापति देउवाले आफुहरु नै आधिकारिक भएकाले अदालतले न्याय दिने बताएका हुन् ।
उनले पार्टी आधिकारिकताका सवालमा अर्को पक्षबाट ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । पछिल्लो समय इनम सापकोटा प्रकरणले पनि आर्थिक चलखेल भएको प्रष्ट देखिएको उनको भनाइ छ ।
उनले महाधिवेशनमा आफु सभापति पदमा नउठ्ने भन्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने इच्छा मात्रै रहेको धारणा राखे ।
उनले पार्टीबाट आफुले धेरै पाइसकेकाले अब सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।














प्रतिक्रिया