आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित « Khabarhub

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर देखिने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै हुस्सु कायम रहनेछ ।

उपत्यकामा तुवालोले मौसम खराब भएको छ । प्रदूषणका कारण अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन अनुरोध गरिएको छ । तराई भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ । मौसम प्रतिकुल रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : २८ बजे

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।