मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना « Khabarhub

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको उनका सहयोगीले जानकारी दिएका छन् ।

सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मङ्गलबार बिहान होशमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो । प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीले बताए।

उनका अनुसार उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही हप्तासम्म अस्पतालमै भर्ना रहने अपेक्षा गरिएको छ । बालकनीको एक भागबाट बैठक कोठातर्फ सर्ने क्रममा उनी लडेका हुन्।

महाथिरले पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन्। गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पिकनिक समारोहपछि अत्यधिक थकानका कारण पनि उनी अस्पताल भर्ना भएका थिए । यसअघि उनले मुटुसम्बन्धी समस्याका कारण बाइपास शल्यक्रिया पनि गराइसकेका छन्।

यस घटनापछि मलेसियाका वर्तमान प्रधानमन्त्री अनवर इब्राहिम र उनकी पत्नी वान अजिजा वान इस्माइलले महाथिरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

महाथिर मोहम्मद मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन्। उनले सन् १९८१ देखि २००३ सम्म र फेरि २०१८ देखि २०२० सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । दोस्रो कार्यकालमा ९४ वर्षको उमेरमा उनी विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख बनेका थिए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर