चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित « Khabarhub

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । 

नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ ।

बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि  धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो ।

शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । 

शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् । रासस

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ११ : ३१ बजे

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही