पोखरा महानगरले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने « Khabarhub

पोखरा महानगरले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए । 

यस वर्ष अनुदानका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ ।

रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे। ‘यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फर्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ’, उनले भने, ‘यसले किसानलाई उत्पादनको लागत घटाउन पनि सहयोग पुग्छ ।’

यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि  एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : २० बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा