सिटमा कुरो नमिलेपछि नेकपाले राष्ट्रिय सभामा छुट्टै उम्मेदवार उठाउँदै « Khabarhub

सिटमा कुरो नमिलेपछि नेकपाले राष्ट्रिय सभामा छुट्टै उम्मेदवार उठाउँदै


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा नेकपाले छुट्टाछुट्टै उम्मेदवार लिएर जाने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना छुट्टै उम्मेदवारहरू लिएर निर्वाचनमा जाने तयारी गरेको नेता देव गुरुङले जानकारी गराए ।

गुरुङले खबरहबलाई भने,’नेकपाले प्रत्येक प्रदेशबाट आफ्नो ढंगले उम्मेदवारहरूको मनोनयन गर्न लागेको छ। हामीले मतभारका आधारमा चार सिट मागेका थियौँ उहाँहरू दिन तयार नभएपछि हामी आफ्नो ढंगले लागेका हौँ ।’

नेकपाले राष्ट्रिय सभामा चार सिट मागेको थियो कांग्रेस सिट दिन तयार हुँदा नेकपा एमाले भने तयार नभएपछि छुट्टाछुट्टै मनोनयन दर्ता गर्न लागिएको हो । 

एमाले सचिव शेरधन राईका अनुसार नेपाली काङ्ग्रेस नेकपा एमाले र जनता समाजवादी पार्टी भने गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने भएका छन् । 

‘नेकपासँग सहयात्रा नहुने भयो उहाँहरू बाहिरिइसक्नुभएको छ। नेपाली कांग्रेस नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा आफ्ना उम्मेदवारहरू उठाउँछ।’ राईले खबरहबलाई भने,’बिहानसम्म नेकपालाई पनि सँगै लिएर जाने भनेका थियौँ। तर सिटमा कुरो मिलेन।’

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : २६ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी