महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप « Khabarhub

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् । 

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको जानकारी दिए । उनका अनुसार यसअघि जिल्लामा ४९९ वटा मतदान केन्द्र रहेकामा ३७ थप गरी ५३६ पुर्‍याइएको हो । 
    
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६२ मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको झाले उल्लेख गरे। 

निर्वाचन क्षेत्र नं ३ मा ७७ मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताए । 

उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चार लाख ३१ हजार २८२ जना मतदाताले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ४९ बजे

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल