महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप « Khabarhub

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् । 

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको जानकारी दिए । उनका अनुसार यसअघि जिल्लामा ४९९ वटा मतदान केन्द्र रहेकामा ३७ थप गरी ५३६ पुर्‍याइएको हो । 
    
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६२ मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको झाले उल्लेख गरे। 

निर्वाचन क्षेत्र नं ३ मा ७७ मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताए । 

उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चार लाख ३१ हजार २८२ जना मतदाताले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ४९ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी