वीरगञ्जको जनजीवन सामान्य बन्दै « Khabarhub

वीरगञ्जको जनजीवन सामान्य बन्दै


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ । 

लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो । मङ्गलबार बेलुकादेखि भने यहाँका बजार छिटफुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ । यहाँका विद्यालय, बजार, उद्योगधन्दा तथा कलकारखाना पनि पूर्णमा रूपमा सञ्चालनमा आएका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको बताए। 

‘सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै यहाँको जनजीवन सामान्य भइरहेको हो’, उनले भने। 

प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबीच विवादको अवस्था सिर्जना हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए। 

सम्भावित जोखिम हुन नदिन र अवस्था सामान्य बनाउन सोमबारदेखि यहाँ कर्फ्यू लगाइएकामा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै कर्फ्यू हटाइएको उनले जानकारी दिए ।

स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू हटाइएसँगै वीरगञ्जको बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ भने वीरगञ्जको मेनरोडमा रहेका पसलहरू सञ्चालनमा आएका छन् । यस्तै रिक्सा, टाँगा, मोटरसाइकल तथा अन्य सवारीसाधन पनि पूर्ववत् रुपमा चलिरहेका छन् । 

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मंगलबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यू मंगलबार दिउँसो ३ः०० बजेदेखि हटाइएको थियो । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ५३ बजे

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ