पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह « Khabarhub

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।
      
युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए। 

‘पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, सहमति र सहकार्यको संस्कृति एवं लोकतान्त्रिक विधि र पद्धतिमार्फत निरुपण गरी पार्टी संरचनाका सम्पूर्ण नेतृत्व एकढिक्का हुनु जरुरी छ’, युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
     
 ट्रेड युनियन कांग्रेसले पार्टीका लाखौँ कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण जनताको भावनाविपरीत पार्टीका उच्च नेतृत्वदेखि कार्यकर्ता पङ्क्तिसम्म आन्तरिक हुनु चिन्ताको विषय भएको जनाएको छ ।

 सम्भावहिनता र आपसी आरोपप्रत्यारोपले पार्टीप्रति आस्था राख्ने बुद्धिजीवी, पेसाकर्मी, श्रमजीवी र सम्पूर्ण मतदातालाई दुःखित र चिन्तित बनाएको महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
     
 जेन-जी आन्दोलनपछि राजनीतिक अन्यौलता, आर्थिक एवं सामाजिक विचलनको अवस्थाबाट गुज्रिएको मुलुकलाई दिशानिर्देश गर्दै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।
      
मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेसले आगामी दिनमा समेत मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता भएकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत पार्टी नेतृत्वलाई युनियनले आग्रह गरेको छ । 
 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ५७ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन