स्याङ्जामा धान उत्पादन बढ्यो « Khabarhub

स्याङ्जामा धान उत्पादन बढ्यो


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।

गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको कार्यालयले जनाएको छ । 
    
‘पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र-उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ’, पाठकले भने, ‘बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकूल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो ।’

देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पुर्‍याए पनि स्याङ्जामा भने त्यति ठूलो क्षति हुन नपाएकाले उत्पादनमा कमी नभएको उनको भनाइ छ ।

जिल्लामा धानखेती हुने कूल क्षेत्रफलमध्ये झण्डै ४० प्रतिशतमा ‘हाइब्रिड’ र उन्नत जातका बीउको प्रयोग हुने गरेको अर्थविज्ञ पाठकले जानकारी दिए । यस वर्ष प्रतिहेक्टर चार दशमलव ५९ मेट्रिकटन धानको उत्पादकत्व रहेकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन थियो । गत वर्ष स्याङ्जामा ६७ हेक्टर क्षेत्रफलमा ३०६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।

जिल्लाका आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ पाठकले जानकारी दिए । उनका अनुसार यहाँ घरायसी प्रयोजन तथा बीउका लागि धान उत्पादन हुँदै आएको छ । 

यहाँका किसानले गत वर्षमात्रै करिब रु एक करोडको धानको बीउ बिक्री गरी आम्दानी गरेका थिए । सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट स्याङ्जाका किसानले आम्दानी गर्दै आएका कृषि विकास कार्यालयले जनाएको छ ।

सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जासहित बाहिरी जिल्लामा पनि बिक्री भइरहेको कार्यालयका अर्थविज्ञ पाठकले बताए। उनका अनुसार जिल्लामा रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथलगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : १४ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन