सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन « Khabarhub

सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट पारेका छन् ।  

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ  स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे । आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको भन्दै उनले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए ।

मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको धारणा राखे । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्न सक्ने भएकाले सहज हुन उनले आग्रह गरे ।

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सही सूचना प्रवाह गर्न आग्रह गरे ।  

कार्यक्रममा विभिन्न पत्रकारिता पुरस्कारहरू प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : ४२ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय