सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू) « Khabarhub

सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू)


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन वातावरण विभागले उपत्यकाका सडकमा आकस्मिक चेकजाँच तीव्र बनाएको छ । 

यस क्रममा आज बानेश्वरदेखि माइतीघर खण्डमा गुडिरहेका डिजेल तथा पेट्रोल सवारीसाधनको स्थलगत परीक्षण गरिएको हो । 

डिजेल तथा पेट्रोलका जम्मा ३६ वटा सवारीसाधनको परीक्षण गरिएकोमा १२ वटा सवारीसाधन मापदण्डअनुसार नपुगेका कारण फेल भएका छन् । यो  करिब ३३–३४ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डमा फेल भएका हुन् । 

फेल भएका सवारीसाधनलाई आवश्यक मर्मत गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ। साथै नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई उपत्यका ट्राफिक प्रहरीले तोकिएको जरिवाना पनि काटेको छ।

वातावरण विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका वायु प्रदूषण नियन्त्रणका प्रयासअन्तर्गत सवारीसाधनबाट निस्कने प्रदूषक तत्त्वको न्यूनीकरण तथा नियन्त्रण गर्न नेपाल सरकारको वातावरण विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा एक घण्टाको अवधिमा स्थलगत चेकजाँच गरिएको हो ।  

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ०७ बजे

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान