सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा « Khabarhub

सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुनसरी- श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् ।

साम्पाङले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले भनेका छन्- ‘म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो, जय देश ।’

सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिकाका २० वटै वडा समेटिएका छन् । त्यसैगरी बराहक्षेत्रको नगरापलकािका ५ र रामधुनी नगरपालिकाका २ वटा वडा समेटिएका छन् ।

२०७९ को संसदीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेको समर्थनमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राई विजयी भएका थिए ।

साम्पाङ पनि २०७९ को स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रुपमा मेयरमा विजयी भएका थिए । तर उनी करिब मेयरको आधा कार्यकाल बाँकी रहँदै संसदीय निर्वाचनमा होमिन लागेका हुन् ।

साम्पाङल श्रम संस्कृति पार्टी खोलेर कोशी प्रदेशका सबै जिल्लादेखि काठमाडौं र लुम्बिनी प्रदेशसम्म अभियान लिएर पुगिसकेका छन् । कोशी पहाडमा साम्पाङको पार्टीलाई बलियो समर्थन देखिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : १० बजे

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान