राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार « Khabarhub

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।
 
नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झाको नाम टुङ्गो लगाएको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
 
यसैगरी, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति, अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : १७ बजे

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान