रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी « Khabarhub

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाएका छन्।

यसअघि विशेष महाधिवेशन माग्दै निवेदन दिएका २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको म्यान्डेट अनुसार उनीहरूले महाधिवेशन प्रक्रिया अघि बढाएका हुन् ।

पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन अनिवार्य भएको दाबी गर्दै उनीहरूले औपचारिक रूपमा आयोजना अघि बढाएका हुन् । उनीहरूले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन हुने जानकारी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले वर्तमान जटिल राजनीतिक अवस्था, पार्टीलाई थप सुदृढ र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उल्लेख गरेका छन् ।

कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिको ५४.५८ प्रतिशतले असोज २९ गते विशेष महाधिवेशन आह्वानका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको स्मरण गराएका छत्तन् । त्यसपछि पुस ११ गते स्मरणपत्र र २१ गते पुनः ध्यानाकर्षण गराइएको पनि जनाएका छन् ।

पार्टी विधानको धारा १७(२) उल्लेख गर्दै, ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको लिखित अनुरोध परेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वाध्यकारी व्यवस्था रहेको उनीहरूको तर्क छ ।

तोकिएको समयभित्र १५औं महाधिवेशन सम्पन्न हुन नसकेपछि विशेष महाधिवेशन निर्विकल्प विकल्प बनेको उनीहरूको दाबी छ।

विधानको यो व्यवस्था उल्लंघन गर्ने अधिकार कसैलाई नभएको भन्दै विशेष महाधिवेशन कुनै रहर वा छनोट नभई अनिवार्य दायित्व भएको उनीहरूले स्पष्ट पारेका छन्।

पार्टी विधानको धारा १५ अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले यसले लिने निर्णय स्वतः वैध हुने पनि जिकिर उनीहरूको छ ।

उनीहरूले विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन महाधिवेशन प्रतिनिधि, केन्द्रीय पदाधिकारी तथा पार्टीका सबै तहका निकायको सक्रिय सहभागिताको आह्वान गरेका छन्।

आवश्यक व्यवस्थापकीय तयारी तीव्र रूपमा भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पार्टी रूपान्तरणको यो अभियानमा देश–विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक, सञ्चारजगत् तथा आम नागरिकसँग सहयोग र साथको अपेक्षा पनि यो पक्षले गरेको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : २८ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२