रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी « Khabarhub

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाएका छन्।

यसअघि विशेष महाधिवेशन माग्दै निवेदन दिएका २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको म्यान्डेट अनुसार उनीहरूले महाधिवेशन प्रक्रिया अघि बढाएका हुन् ।

पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन अनिवार्य भएको दाबी गर्दै उनीहरूले औपचारिक रूपमा आयोजना अघि बढाएका हुन् । उनीहरूले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन हुने जानकारी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले वर्तमान जटिल राजनीतिक अवस्था, पार्टीलाई थप सुदृढ र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको उल्लेख गरेका छन् ।

कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिको ५४.५८ प्रतिशतले असोज २९ गते विशेष महाधिवेशन आह्वानका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको स्मरण गराएका छत्तन् । त्यसपछि पुस ११ गते स्मरणपत्र र २१ गते पुनः ध्यानाकर्षण गराइएको पनि जनाएका छन् ।

पार्टी विधानको धारा १७(२) उल्लेख गर्दै, ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको लिखित अनुरोध परेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वाध्यकारी व्यवस्था रहेको उनीहरूको तर्क छ ।

तोकिएको समयभित्र १५औं महाधिवेशन सम्पन्न हुन नसकेपछि विशेष महाधिवेशन निर्विकल्प विकल्प बनेको उनीहरूको दाबी छ।

विधानको यो व्यवस्था उल्लंघन गर्ने अधिकार कसैलाई नभएको भन्दै विशेष महाधिवेशन कुनै रहर वा छनोट नभई अनिवार्य दायित्व भएको उनीहरूले स्पष्ट पारेका छन्।

पार्टी विधानको धारा १५ अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले यसले लिने निर्णय स्वतः वैध हुने पनि जिकिर उनीहरूको छ ।

उनीहरूले विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन महाधिवेशन प्रतिनिधि, केन्द्रीय पदाधिकारी तथा पार्टीका सबै तहका निकायको सक्रिय सहभागिताको आह्वान गरेका छन्।

आवश्यक व्यवस्थापकीय तयारी तीव्र रूपमा भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पार्टी रूपान्तरणको यो अभियानमा देश–विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक, सञ्चारजगत् तथा आम नागरिकसँग सहयोग र साथको अपेक्षा पनि यो पक्षले गरेको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : २८ बजे

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्