डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो कालोमोसो  « Khabarhub

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो कालोमोसो 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई कालोमोसो दलिएको छ । 

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कार्यकर्ताले बुधबार अध्यक्षको कार्यकक्षमै मोसो दलिएको हो । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरद्वारा हस्ताक्षरित आरोप पत्रमार्फत अध्यक्ष ओझामाथि ‘जनकारबाही किन नगर्ने ?’ भन्ने शीर्षकसहित दश बुँदे गम्भीर आरोप लगाइएको छ।

आरोप पत्रमा लगाइएका मुख्य आरोपहरू यस्ता छन् : 

१. कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारी नयाँ उपकरण खरिद प्रक्रियामा लगेर लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको । उदाहरणका रूपमा प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारी नयाँ खरिद प्रक्रिया अघि बढाइएको ।

२. दक्ष र अनुभवी जनशक्तिबाट सेवा प्रवाह गर्नुपर्नेमा कर्मचारी भर्नामा आर्थिक चलखेल गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको ।

३. अस्पतालजस्तो संवेदनशील संस्थालाई मदिरा सेवन गर्ने थलो बनाइएको ।

४. अध्यक्ष पदमा तेस्रो कार्यकाल पूरा गर्न लाग्दासमेत अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको तथा सार्वजनिक सुनुवाइ नगरी कमजोरी ढाकछोप गरिएको ।

५. सेवा, मर्मत तथा निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई कोटेसन दिलाई कमिसन खाने गरेको ।

६. अस्पतालको सेवा सुधार्नुपर्ने ठाउँमा कमाइ खाने भाँडो बनाउँदै चरम भ्रष्टाचार गरिएको ।

७. स्थायी दरबन्दी खाली हुँदाहुँदै स्थायी नियुक्ति नगरी आर्थिक तथा राजनीतिक चलखेलका आधारमा करार र ज्यालादारी (डोरहाजिर) कर्मचारी भर्ना गरिएको ।

८. सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही गरी जनतालाई सास्ती दिइएको ।

९. औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिइएको ।

१०. कमिसनकै लागि लाखौँ मूल्यका उपकरण खरिद गरी थन्क्याउने, सूचना लुकाउने, जबाफदेहिताबाट पन्छिने र संस्थागत सुशासन कमजोर बनाउँदै अस्पतालको छवि खस्काइएको ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ४८ बजे

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका