मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल « Khabarhub

मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगेर आयोगका पदाधिकारीहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

जावलाखेलस्थित मुस्लिम आयोगमा गृहमन्त्री अर्याललाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा पदाधिकारीहरूले स्वागत गरे। त्यस्तै ज्वागलस्थित मधेशी आयोगमा कार्यवाहक अध्यक्ष जीवछ साहसहित आयोगका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए।

छलफलमा पछिल्ला दिनमा तराई–मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रम, ती घटनाको समाधान तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा केन्द्रित भएर कुराकानी भएको थियो। साथै दुवै आयोगका काम, कर्तव्य, अधिकार, भोगिरहेका समस्या र सरकारसँगका अपेक्षाबारे आयोगका पदाधिकारीहरूले गृहमन्त्रीलाई जानकारी गराएका थिए।

गृहमन्त्री अर्यालले मधेशी, थारु र मुस्लिम आयोगबाट जारी संयुक्त सद्भाव अपिलको खुलेर प्रशंसा गर्दै आपसी सहिष्णुता र भाइचारा कायम गर्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताए। पछिल्ला दिनमा देखिएका समस्या समाधान उन्मुख भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

छलफलका क्रममा गृह मन्त्रालयले अवैध गतिविधिमा संलग्नलाई कारबाही गर्ने, सरोकारवालासँग समन्वय बैठक गर्ने, सद्भाव र्‍याली सञ्चालन गर्ने, चेकजाँच कडाइ गर्ने र शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरिएको सर्कुलरप्रति आयोगका पदाधिकारीहरूले स्वागत व्यक्त गरे।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तयार रहेको विश्वास दिलाउँदै आवश्यक परे नेपाल सरकारलाई ध्यानाकर्षण र सुझाव दिन आयोगसँग अपेक्षा गरिएको बताए। धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउने जोसुकैमाथि कानून बमोजिम कारबाही हुने स्पष्ट पार्दै जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न पनि आयोगहरूलाई आग्रह गरे।

छलफलमा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले आयोग कुनै धर्म विशेषको नभई समग्र मधेशी समुदायको प्रतिनिधि निकाय भएको स्पष्ट पारे। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले धार्मिक र सामाजिक सद्भाव कायम गर्न आयोग सधैँ सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ०४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी