मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल « Khabarhub

मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगेर आयोगका पदाधिकारीहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

जावलाखेलस्थित मुस्लिम आयोगमा गृहमन्त्री अर्याललाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा पदाधिकारीहरूले स्वागत गरे। त्यस्तै ज्वागलस्थित मधेशी आयोगमा कार्यवाहक अध्यक्ष जीवछ साहसहित आयोगका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए।

छलफलमा पछिल्ला दिनमा तराई–मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रम, ती घटनाको समाधान तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा केन्द्रित भएर कुराकानी भएको थियो। साथै दुवै आयोगका काम, कर्तव्य, अधिकार, भोगिरहेका समस्या र सरकारसँगका अपेक्षाबारे आयोगका पदाधिकारीहरूले गृहमन्त्रीलाई जानकारी गराएका थिए।

गृहमन्त्री अर्यालले मधेशी, थारु र मुस्लिम आयोगबाट जारी संयुक्त सद्भाव अपिलको खुलेर प्रशंसा गर्दै आपसी सहिष्णुता र भाइचारा कायम गर्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताए। पछिल्ला दिनमा देखिएका समस्या समाधान उन्मुख भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

छलफलका क्रममा गृह मन्त्रालयले अवैध गतिविधिमा संलग्नलाई कारबाही गर्ने, सरोकारवालासँग समन्वय बैठक गर्ने, सद्भाव र्‍याली सञ्चालन गर्ने, चेकजाँच कडाइ गर्ने र शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरिएको सर्कुलरप्रति आयोगका पदाधिकारीहरूले स्वागत व्यक्त गरे।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तयार रहेको विश्वास दिलाउँदै आवश्यक परे नेपाल सरकारलाई ध्यानाकर्षण र सुझाव दिन आयोगसँग अपेक्षा गरिएको बताए। धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउने जोसुकैमाथि कानून बमोजिम कारबाही हुने स्पष्ट पार्दै जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न पनि आयोगहरूलाई आग्रह गरे।

छलफलमा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले आयोग कुनै धर्म विशेषको नभई समग्र मधेशी समुदायको प्रतिनिधि निकाय भएको स्पष्ट पारे। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले धार्मिक र सामाजिक सद्भाव कायम गर्न आयोग सधैँ सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ०४ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा