सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित, बिरामी मर्कामा  « Khabarhub

सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित, बिरामी मर्कामा 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि नयाँ बिरामी तथा आपत्कालीन बाहेकका सेवाग्राहीलाई सेवा दिन नसकिने बताएको छ । 

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार हाल अस्पतालमा २१ वटा डायलाइसिस मेसिनमार्फत २०० भन्दा बढी नियमित बिरामीलाई सेवा प्रदान हुँदै आएको छ। नियमित बिरामीको संख्या अत्यधिक बढेकाले डायलाइसिस सेवामा चाप परेको अस्पतालले जनाएको छ।

यही कारण देखाउँदै अस्पतालले आपत्कालीन बाहेकका नयाँ बिरामी तथा नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा तत्कालका लागि प्रदान गर्न नसकिने स्पष्ट पारेको छ। सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको अस्पताल प्रशासनले जनाएको छ।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था भएकाले डायलाइसिस सेवामा देखिएको यो सीमितताले मिर्गौला रोगी बिरामीहरू थप समस्यामा पर्ने देखिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : २९ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार