सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए हामी सहभागी हुन्छौँ र जित्छौँ : ओली « Khabarhub

सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए हामी सहभागी हुन्छौँ र जित्छौँ : ओली


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरेका छन् ।  

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरेका हुन् ।

अझै पनि एमाले र कांग्रेस एक भएर चुनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उनले बताए ।

उनले नयाँ भनिएका केही दलहरूले आगामी २० वर्षसम्म पनि चुनाव जित्न नसक्ने तर्क गरे । अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको बताए । उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उनले देश बनाउन सही व्यक्ति आउनुपर्ने उल्लेख गरे । 

त्यस्तै ओलीले असंवैधानिक तवरले सरकार गठन भएको र संसद् विघटन गरिएको दोहराउँदै प्रतिगमन सच्चाउन संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।

 
उनले भाद्र २३ र २४ गतेको घटना लामो समयदेखिको तयारीको उपज भएको बताए । उक्त घटनामा जेन-जी युवाहरूको कुनै भूमिका नरहेको भन्दै ओलीले देशद्रोही र अपराधीहरूले तोडफोड र आगजनी गरेको बताए । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ५६ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा