निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी « Khabarhub

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन थालेको छ । खासगरी होटल व्यवसायी यसबाट लाभान्वित भएका छन् ।

राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन् ।

‘निर्वाचन चहलपहले हाम्रो व्यस्तता बढेको छ’, बर्दिबासका होटल सञ्चालक तथा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले भने,’अबको एक महिना हाम्रो व्यवसाय जम्ने ठानेका छौँ ।’ जिल्लाका सबै भेगका बजारमा होटल व्यवसाय राम्रो चलेका उनको भनाइ छ ।

प्रतिनिधिसभा क्षेत्र–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ । बर्दिबासचोक वरपर १० वटा दलले निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएका छन् । यी कार्यालय सञ्चालनमा आएलगत्तै बजार चहलपहल ह्वात्तै बढेको बर्दिबासकै अर्का होटल व्यवसायी विमल भण्डारी बताउँछन्।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रका सबैजसो केन्द्र (निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका ठाउँ) बजार क्षेत्रमै छन् । क्षेत्र नम्बर–१ को बर्दिबास, २ को बलवा, ३ को जलेश्वर र चारको रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय छ । अहिले यी ठाउँमात्र नभएर मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, औरही, खयरमारा, सरपल्लो, रौजासहितका बजार क्षेत्रका होटल ग्राहकले खचाखच देखिन्छन् ।

यी ठाउँमा दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताको जमघट बढेसँगै बजारु चहलपहलमा वृद्धि भएको रौजाबजारका सामाजिक कार्यकर्ता मन्सुल कवारीको भनाइ छ ।

चुनावी चहलपहलले होटलमात्र नभएर अन्य व्यापार व्यवसाय पनि चलायमान भएको व्यापारी बताउँछन् । ‘अहिले चुनावले बजारमा चहलपहल बढेको छ’, सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, ‘व्यापारीलाई राहत मिलेको छ ।’

बजारमा चहलपहल बढेको छ । यससँगै झण्डा, ब्यानर, पर्चा र पम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका गौशाला बजारका अजय साहको भनाइ छ । निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’जस्तै हो । आगामी फागुन ३ गतेपछि चुनावी प्रचार औपचारिक रुपमा सुरु भएपछि चहलपहल झन बढ्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : ४० बजे

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी