इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो « Khabarhub

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् । अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भिर अवस्थामा उपचार भइरहेकाले  मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् ।

देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतंककारीले मण्डलीलाई लक्षित गरि गरेको विस्फोटमा ठूलो मानवीय क्षति भएको  बताएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।

चिकित्सक र दर्शकहरूले पीडितहरूलाई एम्बुलेन्स र सवारी साधनबाट रगतले भिजेका लुगाहरू निकाल्न मद्दत गरेको तथा घाइतेका साथीहरू र आफन्तहरूलाई भेट्न कुदिरहेको भिडियो सार्वजनिक भएको छ ।

एएफपीले अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलहरूले रगतमा डुबेका मानिसहरको उद्धार गर्दै  गरेको  देखाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडीयोले मस्जिदको अगाडिको गेट नजिकै धेरै शवहरू देखाएको छ भने मानिस र भग्नावशेष पनि रातो गलैँचा भएको प्रार्थना हलमा छरिएका थिए ।

उप–प्रधानमन्त्री इशाक दारले उक्त आक्रमणलाई “मानवता विरुद्धको जघन्य अपराध र इस्लामिक सिद्धान्तको खुल्लमखुल्ला उल्लङ्घन भने । पाकिस्तान सबै प्रकारका आतङ्कवादविरुद्ध एकजुट भएर उभिएको उहाँले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मार्फत जनाएका छन्।

उनका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र पूजास्थलहरू विरुद्धको आक्रमण अस्वीकार्य भएको बताए ।

बढ्दो विद्रोहको विच पाकिस्तानको सुरक्षा बलले अफगानिस्तानको सिमानामा रहेका दक्षिणी र उत्तरी प्रान्तहरूमा विद्रोहलाई तीव्र बनाउँदै गर्दा यो आक्रमण भएको हो ।

सुन्नी बहुल राष्ट्र पाकिस्तानमा सियाहरू जनसङ्ख्याको १० देखि १५ प्रतिशतको बीचमा छन्  भने उनीहरुको बसोबास क्षेत्र लक्षित आक्रमणहरू पटक पटक हुने गरेका छन् ।

इस्लामाबादले दक्षिणी बलुचिस्तानका पृथकतावादी सशस्त्र समूहहरू र पाकिस्तानी तालिबान र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अन्य इस्लामवादी उग्रवादीहरूले आक्रमण गर्न अफगान क्षेत्रलाई सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ ।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गरेको छ । सीमामा दुवै पक्षका सेनाहरू नियमित रूपमा भिडन्त हुँदै जाँदा द्विपक्षीय सम्बन्ध खस्केको जनाइएको छ ।

यस अघि नोभेम्बरमा इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । 

बलुचिस्तानमा गत हप्ता पृथकतावादी विद्रोहीहरूले दावी गरेको आक्रमणमा ३६ जना सर्वसाधारण र २२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने प्रति–कारबाहीमा सुरक्षा बलले लगभग २०० जना आतंककारीहरूलाई मारेको बताएका थिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : ५५ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड