क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम « Khabarhub

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै पनि प्रकारको कमी हुन नदिने स्पष्ट पारेकी छन् । क्यान्सरविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको साइकल र्‍याली उद्‌घाटन गर्दै उनले यस्तो बताएकी हुन्।

मन्त्री गौतमले सबै प्रदेशमा क्यान्सर उपचारलाई सहज बनाउने गरी सरकारले आवश्यक व्यवस्था गरिरहेको जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य क्षेत्रमा धेरै आवश्यकता देखिए पनि प्राथमिकता निर्धारण गर्दै क्रमशः समस्या समाधान गरिनेछ।

उनले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिँदै लक्षित समूहलाई उपलब्ध अवसरको अधिकतम लाभ लिन आग्रह गरिन्।

क्यान्सरको उपचारसँगै रोकथाम र सचेतना अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री गौतमले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन जीवनशैली, नियमित स्वास्थ्य जाँच र खोपजस्ता उपाय अपनाउनुपर्नेमा जोड दिइन्

उक्त साइकल र्‍याली क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ४ : १८ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै