काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला « Khabarhub

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा युवा भेला आयोजना गरिएको छ। शंकरदेव क्याम्पसको सभाकक्षमा भएको भेला दाङ–काठमाडौं युवा भेलाले हरिस भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गर्दै सम्पन्न गरेको छ।

भेलाले तत्काल चुनाव केन्द्रित गतिविधिमा सक्रिय सहभागी हुने र भविष्यमा यसलाई नेपाली कांग्रेस दाङ–काठमाडौं सम्पर्क समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

भेलामा झण्डै १५० जना विद्यार्थी, युवा र पेशागत वर्गका प्रतिनिधिहरू सहभागी थिए। नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको भन्दै कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचारमा केन्द्रित हुन र सम्भव भएसम्म दाङ पुग्न आग्रह गरे । नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी वातावरणबारे छलफल गर्दै सबैको सहयोगले निर्वाचनमा सफलता प्राप्त गर्न सकिने बताए।

युवा नेता हरिस भण्डारीले आगामी दिनमा पनि यस्ता भेला र छलफल जारी राखेर दाङको चुनावी वातावरणसँगै विकास र निर्माणका विषयमा बहस गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक सञ्जालका बहसले पनि चुनावमा प्रभाव पार्ने भएकाले युवा र विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिए।

फागुन २१ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नं २ बाट युवा व्यवसायी एवं महासमिति सदस्य किरण किशोर घिमिरे, र क्षेत्र नं ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : १४ बजे

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको