स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी « Khabarhub

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी



स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । २९ हजार ७१ मत पाउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्।

नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शैलेन्द्र घिमिरेले एक हजार ५५२ मत प्राप्त गरेका छन्।

रेग्मीले गत साउन १ गते मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए । त्यसअघि कुनैपनि दलमा आवद्ध नरहेको उनको दाबी छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–५, पौवैगौंडेमा जन्मिएका उनी नेपाल पर्यटन बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
५० वर्षीय रेग्मीले जापानको होक्काइदो विश्वविद्यालयबाट पर्यावरण पृथ्वी विज्ञानमा विद्यावारिधी गरेका छन् ।

रेग्मीले अमेरिका र जापानमा पोस्ट–डाक्टोरल अनुसन्धान तथा व्यावसायिक प्रशिक्षण लिएका छन् । हिमताल, ग्लेसियर, जलवायु परिवर्तन र वातावरणीय जोखिम उनका अध्ययनका मुख्य क्षेत्र हुन् । उनी पर्यावरणीय अध्ययन संस्था ‘हिमालयन रिसर्च सेन्टर’का संस्थापक अध्यक्षसमेत हुन्।

उनी बोर्ड प्रमुख हुँदा २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत् नेपाल आउँदा सुनसहित पक्राउ परेर दोषी ठहर भएका थिए । उनले बिस्कुट आकारको तीन थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध रहेको खुलको थियो ।

सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । सो मुद्दामा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो।

सोहिकारण तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले उनलाई सीईओबाट हटाए पनि सर्वोच्च अदालतले थमौती दिएको थियो । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला सभापति राजु थापाले जित निकालेका थिए ।

२०७४ सालको चुनावमा भने एमालेका नारायणप्रसाद मरासिनी विजेता बनेका थिए । तर यसपटक रेग्मिसहित कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ र नेकपाका शैलेन्द्र घिमिरे प्रतिनिधि सभाका लागला नयाँ अनुहार थिए ।

आँधीखोला गाउँपालिका– ६ का ढकाल पेसागत विज्ञताको हिसाबमा बैंक क्षेत्रमा लामो समय काम गरेका छन् । उनले त्यसबेला पनि राजनीतिसँग जोडिएर नै स्याङ्जामा काम गरेका थिए । गुरुङ यसअघि हिमाली स्याङ्जाका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य थिए ।

ढकाल, गुरुङ र रेग्मी र घिमिरेसहित स्याङ्जा- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुम बहादुर राना, उज्यालो नेपाल पार्टीका रवीन्द्र मल्ल, नेकपा (माओवादी)का सोमबहादुर परियार, मंगोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङ, नेसनल रिपब्लिक पार्टीकाअर्जुनकुमार गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्मा, श्रम संस्कृति पार्टीका पिरन गुरुङ चुनावी मैदानमा थिए। यस्तै, मनोज नेपाली र अशोक विष्टले स्वतन्त्र रूपमा उम्मेदवार थिए ।

स्याङ्जाका ११ पालिकामध्ये ६ वटा क्षेत्र नम्बर १ मा पर्छन् । तीमध्ये पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

एमाले उम्मेदवारले फेदीखोला, आँधीखोला, हरिनास र बिरुवा गाउँपालिका जितेका थिए । भिरकोट नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र वालिङ नगरपालिकाका ३ र ४ नम्बर वडासमेत यस क्षेत्रमा पर्छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ४० बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला