चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक « Khabarhub

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन वर्षमा चितवन–२ बाट तेस्रो जित निकालेका छन् । हरेक पटक जित निकाल्दा उनले निरन्तर आफ्नै रेकर्ड ब्रेक गरेका छन् ।

चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन्। यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९५ मत ल्याएका छन्।

लामिछानेले २०८० सालमा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारलाई ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।

ह्याट्रिमा आफ्नै रेकर्ड ब्रेक
रवि लामिछानेले चितवन २ बाट पहिलो पटक २०७९ मा भएको नियमित निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले पहिलो पटक ४९ हजार तीन सय मत प्राप्त गरेका थिए । २०७९ को जितपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए । २०७९ पुसमा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रविको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले उनको मन्त्रीसँगै संसद पद गुमेको थियो ।

त्यसपछि चितिवन–२ मा २०८० वैशाख १० गते भएको उपचुनावमा उनले दोस्रो पटक जित निकालेका हुन् । पहिलो जित भन्दा करिब पाँच हजार बढी मत ल्याएर विजयी भएका हुन् । पहिलो पटक संसद् र मन्त्री पद गुमाएका रवि दोस्रो पटक निलम्बनमा परेका हुन् । सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दामा सर्वोच्च अदालतले २०८१ पुस ७ गते उनको संसद पद निलम्बन गरेको थियो ।

रवि लामिछानेले तीन वर्षमै तेस्रो पटक चितवन–२ बाट जित निकालेका हुन् । भदौ २३ र २४ गतेको आन्दोलनपछि फागुन २१ गते भएको चुनावमा रविले अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर जित निकालेका हुन् ।

तीन चुनावमा रविले ल्याएको मत
२०७९ मा रविको मत : ४९,३००
२०८० को उपचुनाव : ५४,१७६
२०८२ को मध्यावधि : ५४,४०२

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ८ : ५३ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा