बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै « Khabarhub

बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अधिकांश उम्मेदवार पराजित भएका छन् । त्यस्तै, मतगणना जारी रहेका स्थानमा पनि केही पदाधिकारी पराजयको डिलमा पुगेका छन् ।

०७९ मंसिरमा भएको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको एमालेका सबै पदाधिकारी यस निर्वाचनमा पराजित हुने अवस्था देखिएको हो ।

शनिबार दिउँसो १२ बजेसम्मको मतगणनामा झापा ५ बाट चुनावी प्रतिस्पर्धामा रहेका अध्यक्ष केपी ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहभन्दा झण्डै ४ गुणाले पछाडि छन् ।

पछिल्लो मतगणनाअनुसार ओलीले ११ हजार ४२७ मत ल्याएका छन् भने शाहले ४२ हजार ५४३ मत ल्याएका छन् । यो मतपरिणामका आधारमा हेर्दा ओलीको हार निश्चित देखिएको छ ।

एमालेमा शक्तिशाली रहेर धेरै निर्वाचनमा रुपन्देहीबाट जित हासिल गर्दै आएका उपाध्यक्ष विष्णु पौडेलले यसपटक नराम्रोसँग पराजय भोगेका छन् । रुपन्देही २ मा भएको प्रतिस्पर्धामा रास्वपाका सुलभ खरेलले ४३ हजार ६८९ मतले पौडेललाई पराजित गरेका छन् ।

अर्का एमालेका शक्तिशाली महासचिव शंकर पोखे्रल पनि पराजयको डिलमा पुगिसकेका छन् । उनले हार स्वीकारिसकेर रास्वपाका विपिन आचार्यलाई बधाई दिएका छन् ।पछिल्लो मतगणनाअनुसार उक्त निर्वाचन क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले ३५ हजार ६८७ मत ल्याउँदा पोख्रेलले जम्मा १२ हजार ९७१ मत ल्याएका छन् ।

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि हार्ने निश्चित भएको छ । लमजुङमा उम्मेदवार रहेका गुरुङले पछिल्लो मतगणनाअनुसार जम्मा १४ हजार ८१७ मत ल्याएका छन् ।

रास्वपाका धर्मराज केसीले २८ हजार ४६४ मत ल्याएका छन् । मतपरिणामअनुसार एमाले उपाध्यक्ष गुरुङ कांग्रेसका उम्मेदवार भन्दा पछि रहेको देखिएको छ ।

गुल्मी २ बाट सधैँ विजयी हुँदै आएका एमाले उपाध्यक्ष गोकर्ण विष्टले यसपटक हार व्यहोरेका छन् । रास्वपाका उम्मेदवार एवम् पूर्वडीएसपी गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत मात्रै ल्याए ।



त्यस्तै, मतगणनामा प्रतिस्पर्धाको दौडमा देखिएका एमाले उपमहासचिव लेखराज भट्ट रास्वपाका खेमराज कोइरालासँग झण्डै ४ गुुणाले पछाडि छन् । त्यतिमात्रै होइन, भट्ट मतपरिणामको प्रतिस्पर्धाका पनि तेस्रो स्थानमा पुगेका छन् । मतपरिणामको अन्तरले भट्टको हार निश्चित देखिएको छ ।

अर्का उपमहासचिव रघुवीर महासेठका पनि हार निश्चित देखाएको छ । पछिल्लो मतपरिणामअनुसार धनुषा ४ मा रास्वपाका राजकिशोर महतोले १९ हजार १११ मत ल्याउँदा महासेठ तेस्रो स्थानमा रहेर जम्मा ३ हजार ३२६ मा खुम्चिएका छन् । मतान्तरको अवस्थाले महासेठको पनि हार निश्चित देखाएको छ ।

मतगणनाअनुसार प्रतिस्पर्धामै रहेका सचिव शेरधन राई पनि भोजपुरमा पछि परेका छन् । शेरधन एमालेकै पूर्वनेता एवम् श्रम संस्कृतिका ध्रुबराज राईभन्दा १ हजार बढी मतले पछाडि छन् । समग्र भोजपुरको चुनावी माहोलअनुसार शेरधनलाई पनि मुस्किल देखिएको छ ।

जेन–जी आन्दोलनपछि उनीहरूलाई प्रतिवाद गर्दै पार्टीलाई फेरि मूलधारमा फर्काउन महत्वपूर्ण भूमिका खेलेका एमाले सचिव महेश बस्नेतले पनि भक्तपुर २ मा हार व्यहोरेका छन् ।

उक्त निर्वाचन क्षेत्रबाट रास्वपाका राजीव खत्रीले ३४ हजार ७०२ मत ल्याउँदा बस्नेतले जम्मा ८ हजार ३५१ मत ल्याएका छन् । मतगणनाकै क्रममा रहे बस्नेतको हार निश्चित देखिएको छ । उनले हार स्वीकारिसकेका छन् ।

त्यस्तै काठमाडौं ४ मा उम्मेदवार रहेका अर्का सचिव डा. राजन भट्टराई रास्वपाका उम्मेदवार पुकार बमसँग २० हजार ३९८ मतले पराजित भएका छन् । उता तेह्रथुममा अर्का सचिव भानुभक्त ढकाल पनि नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भइसकेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : १५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै