पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान « Khabarhub

पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान

नेमकिपाको गढ भक्तपुर रास्वपाले भत्काइदियो


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले कम्युनिष्ट नामधारी साना पार्टीहरूको दोकान बन्द गराइदिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबाहेक सबै साना कम्युनिस्ट नामका उम्मेदवारलाई जनताले मतदानमार्फत् अस्वीकृत गरिदिएका हुन् ।

विगतमा २ वटा संसदीय निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले यस निर्वाचनमा गुलाफ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । तर, उक्त पार्टीका कुनै पनि उम्मेदवार निकटतम् प्रतिस्पर्धाको तहसम्म आउन सकेनन् ।

त्यस्तै, पछिल्लो समयमा नेकपा (एमाले)बाट बाहिरिएर घनश्याम भुसालको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले यसपटकको निर्वाचनमा हँसिया चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उक्त पार्टीका पनि कुनै पनि उम्मेदवारले चुनावी मैदानमा अब्बल देखाउन सकेनन् ।

लामो समयदेखि गिलास चुनाव चिह्न लिएर संसदीय निर्वाचनमा सहभागी जनाउँदै आएको राष्ट्रिय जनमोर्चा यसपटकको निर्वाचनसँगै पाँच वर्षलाई संसद्‌मा उपस्थिति रहने छैन । उक्त पार्टीका कुनै उम्मेदवारले कुनै निर्वाचन क्षेत्रमा आफूलाई निकटतम् प्रतिस्पर्धाको तहमा उतार्न सकेनन् ।

त्यस्तै, ०४८ सालदेखि भक्तपुरमा निर्वाचन जित्दै आएको नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल यसपटकको निर्वाचनमा रास्वपाका उम्मेदवारसँग भारी मतले पराजित भए । उक्त पराजयसँगै अबको संसद्‌मा सो पार्टीको प्रतिनिधित्व हुने छैन ।

नेपालको उत्तर कोरिया नामले परिचित भक्तपुर १ मा पनि घण्टीले मादलको खरी झारिदिएको छ। यससँगै नारायणमान बिजुक्छेंको लिगेसीसँग जोडिएको नेमकिपा पनि पाँच वर्षलाई सटर डाउन जस्तै भएको छ।

पछिल्लो समय तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट छुट्टिएका डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियारहरूले बनाएको पार्टीको पनि जादु चलेन । भलै उनीहरूले कम्युनिष्ट नभने पनि प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रभाव कहीँ देखिएन ।

उक्त पार्टीले पन यसपटकको निर्वाचनमा सर्मनाक हार व्यहोरेको छ । रुकुम पश्चिममा जनार्दन शर्माबाहेक उक्त पार्टीका कोही पनि उम्मेदवार चुनावी प्रतिस्पर्धामा निकटतम् प्रतिस्पर्धी बन्न सकेनन् । शर्मा पनि नेकपाका उम्मेदवार गोपाल शर्मासँगको प्रतिस्पर्धामा पछि परेका छन्।

माओवादी नेताहरू सीपी गजुरेल, धर्मेन्द्र बास्तोला र विश्वभक्त दुलाल लगायतका साना कम्युनिस्ट नामधारी पार्टीले यसपटकको निर्वाचनलाई बहिस्कार गरेका थिए । धर्मेन्द्रसहितलाई अहिले पनि प्रहरीले हिरासतमा राखेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : २५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड