सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान « Khabarhub

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्यका लागि आफ्नो दल तयार रहेको बताएका छन् ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभेच्छुकहरुलाई सम्बोधन गर्दै पुनले सुशासन, आर्थिक विकास र सामाजिक न्यायजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

उनले प्रचण्ड नेतृत्वको १८ महिने सरकारमा आफूहरुले थालेको सुशासनको अभियानले निरन्तरता पाउनुपर्ने उल्लेख गरे । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको छ । म उहाँहरुलाई बधाई र शुभकामना दिन चाहन्छु,’ पुनले भने, ‘हामीले प्रचण्ड नेतृत्वको सरकार हुँदा सुरु गरेको सुशासनको अभियानलाई पूर्णता दिनुपर्नेछ । आर्थिक वृद्धि, समृद्धि र सामाजिक न्यायको एजेण्डामा मिलेर काम गछौंं । मुलुककको हितसँग सम्बन्धित सबै विषयमा रास्वपासँग सहकार्य गर्न तयार छौं ।’

उनले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा रहेको तर्क गर्दै मुलुकको अस्तित्व रक्षाका लागि भूराजनीतिक संवेदनशीलता ख्याल गरेर परिपक्व कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘विश्व राजनीति त्यति सजिलो छैन । देशको अस्तित्व रक्षा र सुदृढ गर्नका लागि असाध्यै राम्रो र परिपक्व ढंगले कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्नेछ’, उनले भने, ‘कतैतिर ढल्किएर हाम्रो देशको स्वाधीनता सम्भव छैन । त्यसैले हामीले अन्तर्राष्ट्रिय भूराजनीतिक द्वन्द्व र तानातानीलाई ख्याल गर्दै राष्ट्रियतालाई सुदृढ गर्नुपर्नेछ ।’

पुनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नयाँ र पुराना राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने औंल्याए ।
यस्तै जनताका आकांक्षाहरुलाई सम्बोधन गर्न तथा संविधान र व्यवस्थाको रक्षा एवं सुदृढीकरणका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट गरे ।

फरक प्रसंगमा उनले जनप्रतिनिधिका रुपमा रोल्पा र रोल्पाली जनताका लागि काम गर्ने प्रतिबद्धता जनाए । आफूलाई मत दिने र नदिने तथा पार्टीभित्र र बाहिरका सबैलाई समान व्यवहार हुने पनि बताए । जिल्लाको विकासका लागि नेतृत्व र पहल लिने प्रतिबद्धता पुनले व्यक्त गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन