इरानलाई चीनको सहयोग न्यून « Khabarhub

इरानलाई चीनको सहयोग न्यून


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रमणपछि सर्वोच्च नेताको मृत्यु भएको र इरानको क्षेप्यास्त्र भण्डार रित्तिँदै गएको अवस्थामा पनि चीनले इरानलाई उल्लेख्य सैन्य सहयोग गर्ने संकेत देखिएको छैन । हालैका महिनाहरूमा चीनले इरानलाई हवाई रक्षा प्रणाली र मिसाइल बनाउने कच्चा पदार्थ पठाएको हल्ला चले पनि दुवै देशले यसलाई आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।

चीनको विदेश मन्त्रालयले इरानलाई सुपरसोनिक एन्टी-शिप मिसाइल दिन लागेको खबरलाई समेत अस्वीकार गरेको छ। राष्ट्रपति सी जिनपिङले इरानमाथि भएको अमेरिकी हमलाको निन्दा गरे पनि सैन्य सहयोगका मामिलामा भने निकै सावधानी अपनाएको देखिन्छ ।

विज्ञहरूका अनुसार चीन इरानको ठूलो हतियार आपूर्तिकर्ता नभए पनि उसले ‘डुअल-युज’ अर्थात् नागरिक र सैन्य दुवै काममा प्रयोग हुने प्रविधि भने उपलब्ध गराइरहेको छ। तर, अमेरिकाको कडा प्रतिबन्ध र खाडी मुलुकहरूसँगको सम्बन्ध बिग्रने डरले चीनले प्रत्यक्ष रूपमा हतियार बेच्न हिचकिचाइरहेको छ।

सन् २००५ पछि चीनले इरानलाई हतियार बेच्न आधिकारिक रूपमा बन्द गरेको थियो। यद्यपि, हङकङ र चीनका धेरै कम्पनीहरूले इरानको ड्रोन र मिसाइल कार्यक्रमका लागि आवश्यक पार्टपुर्जाहरू गोप्य रूपमा तस्करी गरिरहेको भन्दै अमेरिकाले उनीहरूलाई कालोसूचीमा राखेको छ।

यस्तो संकटको घडीमा इरानका लागि रसिया सबैभन्दा भरपर्दो साझेदारका रूपमा देखिएको छ। इरानले युक्रेन युद्धमा रसियालाई सहयोग गरे झैँ अहिले रसियाले पनि इरानलाई हजारौँ उन्नत मिसाइलहरू उपलब्ध गराउने गोप्य सम्झौता गरेको खबरहरू बाहिरिएका छन्।

चीनले इरानलाई रुस जस्तो रणनीतिक महत्वको साझेदार नठानेकाले र इरानको परमाणु महत्त्वाकांक्षाप्रति सधैँ सशंकित रहने भएकाले पनि अहिलेको युद्धमा बेइजिङले खुलेर सहयोग गर्ने सम्भावना न्यून रहेको देखिन्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ५५ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा