स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ? « Khabarhub

विश्व स्वास्थ्य दिवस

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज ‘विश्व स्वास्थ्य दिवस’ मनाइँदै छ ।

सन् १९४८ मा पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको उक्त संगठनले सन् १९५० देखि प्रत्येक वर्ष अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता हरेक वर्ष यो दिवसलाई विश्वव्यापी स्वास्थ्यका महत्त्वपूर्ण विषयमा ध्यान केन्द्रित गर्ने अवसरका रूपमा प्रयोग गरिन्छ । आधुनिक चिकित्साको सुरुवातसँगै नेपाललगायत विश्वभर नै स्वास्थ्य सेवाले निकै फड्को मारेको छ ।

नेपालको स्वास्थ्य प्रणालीले पनि पछिल्ला दुई दशकमा उल्लेखनीय प्रगति हासिल गरे पनि गुणस्तरीय सेवा, समान पहुँच र विशेषज्ञ जनशक्तिको सन्तुलित वितरण अझै चुनौतीकै रूपमा रहेका छन् ।

यसको दीर्घकालीन सुधारका लागि नीति, लगानी र अनुसन्धानलाई एकीकृत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता विज्ञले औंल्याएका छन् ।

नेपालमा स्वास्थ्य सेवा सुधारको अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर करिब ७ हजार ८ सय ६५ भन्दा बढी सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

यी संस्थामा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सामुदायिक एकाइहरू समावेश छन् । तर तीमध्ये विशेषज्ञ सेवा उपलब्ध हुने अस्पतालको संख्या अझै सीमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२५’ अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । प्रतिवेदनले मातृ तथा शिशु स्वास्थ्य, खोप पहुँच तथा दीर्घकालीन स्वास्थ्य लक्ष्यमा भएको प्रगतिलाई उजागर गरेको छ ।

तथ्यांकअनुसार नेपालीको औसत आयु निरन्तर बढ्दो क्रममा छ । सन् २०२४ मा औसत आयु ७३.२८ वर्ष पुगेको प्रक्षेपण गरिएको छ भने सन् २०३० सम्ममा यसलाई ७५.२१ वर्ष पुर्‍याउने लक्ष्य राखिएको छ । मानव विकास सूचकांक पनि सुधार हुँदै सन् २०२४ सम्ममा ०.६२ पुगेको छ ।

मातृ मृत्युदर घटाउन नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ । सन् १९९६ मा प्रतिलाख जीवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर सन् २०२१ सम्ममा १५१ मा झरेको छ । यद्यपि प्रदेशगत रूपमा मधेस प्रदेश (२०७) र लुम्बिनी प्रदेश (१६१) मा यो दर अझै राष्ट्रिय औसतभन्दा माथि रहेको छ ।

शिशु स्वास्थ्य क्षेत्रमा पनि सुधार देखिएको छ । प्रतिहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युदर ३३ रहेको छ । सन् २०३० सम्ममा यी दर क्रमशः १२ र २० मा झार्ने सरकारी लक्ष्य छ ।

मातृ मृत्युदर घटाउन नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ । सन् १९९६ मा प्रतिलाख जीवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर सन् २०२१ सम्ममा १५१ मा झरेको छ ।

बालबालिकाको पूर्ण खोप दर सन् २०२४/२५ मा ९२ प्रतिशत पुगेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशले यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ ।

चुनौती बन्दै नसर्ने रोग

पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि नसर्ने रोगहरूको भार तीव्र रूपमा बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।

सन् १९९० मा संक्रामक तथा पोषणसम्बन्धी रोग प्रमुख मृत्युका कारण थिए भने सन् २०२३ सम्म आइपुग्दा मुटु रोग, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग र क्यान्सर प्रमुख कारण बनेका छन् ।
यसका साथै जलवायु परिवर्तनका कारण बढ्दो कीटजन्य रोग, स्वास्थ्य सेवामा असमान पहुँच तथा संरचनागत कमजोरी प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखे पनि बीमा नवीकरण गर्नेको संख्या कम हुनु यसको दीर्घकालीन स्थायित्वका लागि चुनौती बनेको छ ।

त्यस्तै नेपालको स्वास्थ्य प्रणालीमा सबैभन्दा ठूलो समस्या दक्ष जनशक्तिको अभाव र असन्तुलित वितरण रहेको छ ।

ग्रामीण क्षेत्रमा करिब ४० प्रतिशत स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभाव छ । नर्स तथा स्वास्थ्यकर्मीको कमी अझै गम्भीर समस्या बनेको छ भने सहरी क्षेत्रमा चिकित्सकको अत्यधिक केन्द्रीकरण देखिन्छ ।

यसले दुर्गम तथा ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कठिनाइ भएको सरोकारवाला बताउँछन् । सरकारले पछिल्ला वर्षमा प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ ।

प्रदेश स्तरमा विशेषज्ञ सेवा विस्तार, टेलिमेडिसिन सेवा सुरु गर्नेलगायतका पहल पनि गरिएको छ । तर उपकरण अभाव, औषधि आपूर्ति प्रणालीको कमजोरी तथा दक्ष जनशक्तिको कमीका कारण सेवा प्रवाह अपेक्षाकृत प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ ।

अनुसन्धान र नीति निर्माणमा परिषद्को भूमिका
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राष्ट्रिय स्वास्थ्य अनुसन्धान तथा तथ्यांक संकलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीका अनुसार नेपालमा स्वास्थ्य सेवा र अनुसन्धान अलग-अलग संरचनामा सञ्चालन भएकाले अझै समन्वय आवश्यक रहेको छ ।

परिषद्का अनुसार हाल देशभर पाँच वर्षे राष्ट्रिय स्वास्थ्य सर्वेक्षण सञ्चालनमा छ, जसले नसर्ने रोग, मानसिक स्वास्थ्य तथा समग्र स्वास्थ्य अवस्थाबारे एकीकृत तथ्यांक तयार गर्ने लक्ष्य राखेको छ ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीका अनुसार नेपालमा स्वास्थ्य सेवा र अनुसन्धान अलग-अलग संरचनामा सञ्चालन भएकाले अझै समन्वय आवश्यक रहेको छ ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति अभावसँगै वित्तीय स्रोतको कमी पनि प्रमुख समस्या बनेको छ । यसले सेवा विस्तार र अनुसन्धान दुवै क्षेत्रमा असर पारेको डा. जोशीको निष्कर्ष छ ।

समाधानका लागि स्वास्थ्य शिक्षामा अनुसन्धानलाई अनिवार्य बनाउने, दक्ष जनशक्ति उत्पादन बढाउने र वित्तीय स्रोत विस्तार गर्नुपर्ने उनको सुझाव छ । साथै प्रदेश स्तरमा क्षमता विकास कार्यक्रम सञ्चालन, स्नातकोत्तर तथा आगामी वर्षदेखि पीएचडी ग्रान्ट सुरु गर्ने तयारी पनि गरिएको जोशीले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : १६ बजे

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल

दलको नेतामा सहमति खोज्दै कांग्रेस, अन्तिम दौडमा यी तीन सांसद

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये

रामकुमारीसहित एमाले सांसदलाई ‘साइबर बुलिङ’, दिए प्रहरीमा उजुरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि