सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी « Khabarhub

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती गर्न नयाँ नयाँ उपाय लगाउन थालेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले इन्धन खपत कम गर्नैका लागि शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिसकेको छ।

अब मंगलबारको मन्त्रिपरिषद्मार्फत् सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन् ।

यी महत्त्वपूर्ण दुई कदमपछि सरकारले अब नयाँ विकल्पको तयारी गरेको हो । भारतीय नाकाबन्दीको समयमा जस्तै अब सार्वजनिक सवारीमा जोरबिजोरको नियम लगाउने तयारी सरकारले गरेको हो ।

इरानमाथि इजरायली र अमेरिकी हमला जारी रहेा बेला सरकारले पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि नयाँ कदम चाल्न लागेको हो ।

मन्त्री रावलले मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग बोल्दै आवश्यक परे जोरबिजोर प्रणालीसमेत लागू गरिने उल्लेख गरेकी छन् ।

यदि जोरबिजोर प्रणाली लागू भएमा अहिले खपत भइरहेको इन्धनमा आधा जोगाउन सकिने अनुमान सरकारको छ । यस्तै मन्त्रत्रिपरिषद् बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

उता बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्य ललिता कुमारी महर्जन एवम् धुर्व आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ३८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली