सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी « Khabarhub

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती गर्न नयाँ नयाँ उपाय लगाउन थालेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले इन्धन खपत कम गर्नैका लागि शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिसकेको छ।

अब मंगलबारको मन्त्रिपरिषद्मार्फत् सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन् ।

यी महत्त्वपूर्ण दुई कदमपछि सरकारले अब नयाँ विकल्पको तयारी गरेको हो । भारतीय नाकाबन्दीको समयमा जस्तै अब सार्वजनिक सवारीमा जोरबिजोरको नियम लगाउने तयारी सरकारले गरेको हो ।

इरानमाथि इजरायली र अमेरिकी हमला जारी रहेा बेला सरकारले पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि नयाँ कदम चाल्न लागेको हो ।

मन्त्री रावलले मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग बोल्दै आवश्यक परे जोरबिजोर प्रणालीसमेत लागू गरिने उल्लेख गरेकी छन् ।

यदि जोरबिजोर प्रणाली लागू भएमा अहिले खपत भइरहेको इन्धनमा आधा जोगाउन सकिने अनुमान सरकारको छ । यस्तै मन्त्रत्रिपरिषद् बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

उता बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्य ललिता कुमारी महर्जन एवम् धुर्व आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ३८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा