पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल « Khabarhub

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक कारण नै बढी रहेको बताएका छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गदै दुलालले फागुन २१ गते निर्वाचनमा पराजय हुनुमा आन्तरिक कारण बढी रहेको र अरूलाई दोष ठाउँ नरहेको बताए ।

त्यस्तै देश भित्र र बाह्य परिस्थितिलाई बुझ्न नसक्नु र समयमा नै उचित पहल लिन नसक्नु पराजयको अर्को कारण रहेको उनले बताए । त्यस्तै दुलालले भ्रष्टाचार र सुशासनका लागि पार्टीले गरेको राम्रा कामको जानकारी जनतालाई गराउन नसकिएको धारणा राखे । उनले पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुने स्पष्ट पारे । 

दुलालले जनताको म्याण्डेड अनुसार वर्तमान सरकार गठन भएकाले सरकारको राम्रा कामलाई सदैव समर्थन हुने धारणा राखे । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : १८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली