राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान « Khabarhub

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको जनाएका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए ।

“एक करोड ४० लाखभन्दा बढी गौरवशाी इरानीहरूले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदान दिन तयार थिएँ, छु र हुनेछु”, उनले लेखेका छन् । यसअघि, इरानका उप खेलकुदमन्त्री अलिरेजा रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकहरूलाई पावर प्लान्ट वरिपरि ‘मानव शृङ्खला’ बनाउन आह्वान गरेका थिए ।

यो कदम अमेरिकी राष्ट्रपति ट्रम्पको निर्धारित अल्टिमेटमसँग सम्बन्धित थियो, जसमा उनले इरानले स्ट्रेट अफ होर्मुजबाट ढुवानी पुनः सुरु नगरेमा देशका सबै पावर प्लान्ट र प्रमुख पुलहरूमा बमबारी हुने चेतावनी दिएका थिए । ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, “यदि इरानले मङ्गलबार राति ८ः०० बजे पूर्वी समयअघि सम्झौता गर्न आएन भने, देशका सबै प्रमुख पुल र पावर प्लान्टहरू नष्ट गरिनेछन् ।”

उनका अनुसार यो ‘पूरै देशलाई एकै रातमा निशाना बनाउने’ योजना हुन सक्छ । इरानी राष्ट्रपतिको यो आह्वान अमेरिकी धम्कीको प्रतिवादका रूपमा आएको हो, जसले युवा र नागरिकलाई आफ्नै सुरक्षा र राष्ट्रिय सम्पत्तिको संरक्षणमा सक्रिय भूमिका लिन प्रेरित गरेको छ । ट्रम्पले यसलाई ‘महत्त्वपूर्ण अवधि’ भन्दै इरानलाई वार्ता गर्न पर्याप्त समय दिएको र अब यसको परिणाम तत्काल देखिने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : २८ बजे

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक