मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो ।

कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिए। यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए ।
देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट
सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?
मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो
घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा
इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय
सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो १५ दिनमै नेपाल आयल निगमलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको उल्लेख गर्दै यस्तो निर्णय लिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताइन् ।
रावलले इन्धन खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिएको बताएकी छन् ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट
लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल
मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव













प्रतिक्रिया