बुटवलमा सुकुम्वासीको विरोध प्रदर्शन, सरकारविरुद्ध नाराबाजी « Khabarhub

बुटवलमा सुकुम्वासीको विरोध प्रदर्शन, सरकारविरुद्ध नाराबाजी


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ ।

राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागीहरूले हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नाराबाजी गरेका थिए । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले कर र मत दिने नागरिकलाई अवैध बनाउने कार्य वर्तमान सरकारले गरेको बताए । 

उनले आफूहरूलाई अवैध भने वालेन सरकार पनि वैध हुन नसक्ने जिकिर गर्नुभयो । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बोसवासीमाथि डोजर चलाउन मत नदिएको भन्दै उनले आफूहरूको विषयमा गम्भीर हुन माग गरे । 

त्यस्तै संघर्ष समितिका संयोजक खड्क बहादुर पौडेलले संघीय सरकारको निर्देशनमा रुपन्देहीमा सुकुम्वासी र अव्यवस्थित बस्ती खाली गराउन लागिएकोप्रति आपत्ति जनाए । उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी संघर्ष समितिले दिएको छ ।

 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ४ : ५१ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका