तुइन खोलामा ढुंगो खसेर लाग्दा कारमा आगलागी, जलेर पूरै नष्ट « Khabarhub

तुइन खोलामा ढुंगो खसेर लाग्दा कारमा आगलागी, जलेर पूरै नष्ट


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुग्लिङ, चितवन- पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिङ सडक खण्डमा बुधबार दिउँसो कारमा आगलागी हुँदा क्षतिग्रस्त भएको छ। घटनामा मानवीय क्षति भने नभएको चितवन प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिहीबार दिउँसो करिब ३:१५ बजे तुइन खोला क्षेत्रमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बीएडी ४०१४ नम्बरको कारमा सडक माथिबाट ढुंगा खसेर पेट्रोल ट्याङ्कीमा लागेपछि आगलागी भएको हो।

ढुंगा खस्ने क्रम निरन्तर रहेको उक्त स्थानमा कारमा आगो लागेपछि तत्काल निभाउने प्रयास गरिएको थियो। आगलागी करिब १५:३५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

घटनामा कार पूर्ण रूपमा क्षति भए पनि मानवीय हानी नभएको र सडक अवरोध नदेखिएको बताइएको छ। कार घटनास्थलमै रहेका छन् । अहिले कार हटाउने प्रक्रिया भइरहेको छ।

प्रहरी निरीक्षक प्रतीक सिंहको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिङबाट करिब २.५ किलोमिटर पश्चिममा पर्छ।

प्रहरीले पहिरो र ढुंगा खस्ने जोखिम रहेको क्षेत्र भएकाले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ४ : ५९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक