‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’ « Khabarhub

‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्‍याउने आठ जना पत्रकारलाई आज पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश सरकारले राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक सिद्धराज राईसहित आठ जना पत्रकारलाई आज एक समारोहबीच पुरस्कार प्रदान गरेको हो । 

प्रदेशस्तरीय पत्रकारिता पुरस्कारको राशि जनही रु एक लाख रहेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयबाट प्रदान गरिने सो पुरस्कारबाट राईसहित शेखर रेग्मी, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार सम्मनित भएका हुन् ।

मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसर परेर विसं २०७५ देखि सो पुरस्कार प्रदान गर्दै आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत सबैलाई पुरस्कार र सम्मान प्रदान गर्दै सञ्चार क्षेत्रले समाजलाई एक ढिक्कामा राख्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन प्रभावकारी रूपमा नियमन गर्नुपर्ने बताउँदै प्रदेश सरकारले आउने बजेटमा नीतिगत व्यवस्था गरी विज्ञानपन र सूचना दिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रतिशोधको भावनाले लोकतन्त्रलाई कमजोर बनाउने विचार राख्दै कोशी प्रदेशमा पारित आमसञ्चार विधेयकले पत्रकारिता क्षेत्रलाई सुदृढ एवं व्यवस्थित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । 

उनले प्रदेशका महिला उद्यमीबाट सञ्चालित साना तथा मझौला उद्योगलाई प्रोत्साहित गरिने उल्लेख गरे । उद्योगबाट उत्पादित कपडा खरिद गर्ने राष्ट्रसेवक कर्मचारीलाई वार्षिक पाउने पोसाक भत्तामा प्रदेश सरकारले पाँच हजार ५०० थप गरिदिने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जनताको अधिकार र प्रणाली स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको चर्चा गर्दै पत्रकारितालाई नेतृत्व दिन आमसञ्चार विधेयकले एक संस्थाको जन्म दिएको छ भने । 

उनले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाउन तथा सरकार र सरोकार भएका निकायलाई आवश्यकताअनुसार खबरदारी गर्ने भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै पुरस्कृत पत्रकारलाई बधाई तथा शुभकामना दिए ।

सो अवसरका आन्तरिक मामिला तथा कानुन सचिव आस्न तामाङ, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक र पुरस्कृत पत्रकार रोजिना गौतमले आ-आफ्नो धारणा राखेका थिए । रासस

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ६ : ५८ बजे

‘सभामुखको कार्यशैली र सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध गरेका हौँ’

काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगञ्ज– नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो

संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल

झापामा हुरी र वर्षाले केराखेती नष्ट

सुरुङ्गा– गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती

‘दक्षिणा आउने भरमा उधारो खाएजस्तै स्रोतविहीन बजेट ल्याइयो’

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले महत्वकांक्षी बजेटले जनतामा निराशा