मनोज रोज्ने बालेनको निर्णयमा नारायण र भीष्मराजको लिखित असहमति « Khabarhub

मनोज रोज्ने बालेनको निर्णयमा नारायण र भीष्मराजको लिखित असहमति


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधान न्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले असहमति जनाएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले मर्यादाक्रम मिच्दै प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम छलफल नै नगरी सिफारिसका लागि एजेन्डा अगाडि बढाएको भन्दै दुवैजनाले लिखित असहमति जनाएका हुन् । बालेनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पाखा लगाउँदै चौथो क्रमका शर्मालाई रोजेका हुन् ।

दाहाल र आङ्देम्बे दुवैका अनुसार प्रधानमन्त्री शाहले छलफल नै नगरी हतारमा प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएका थिए ।

वालेन्द्रले प्रधान न्यायाधीशमा डा. शर्माको नाम अगाडि सार्दा छलफलसमेत गरेका थिएनन् । शर्माको नाम मर्यादाक्रम र परम्पराअनुसार नभई वालेन्द्रको आफूखुसी निर्णयअनुसार आएको टिप्पणी उनीहरूको छ ।

‘मर्यादाक्रम मिचेपछि सहयोग गर्न सकिएन । हामी यसको भागीदार हुनु नपरोस् भनेर लिखित असहमति जनायौँ,’ दाहालले खबरहबसँग भने, ‘परम्परा र वरिष्ठता क्रम मिचेपछि त्यसलाई हामीले नमानेका हौँ ।’

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेनले बिहीबार ५ बजेका लागि बैठक बोलाएका थिए। उक्त बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको असहमतिबीच शर्माको नाम तीनजनाको बहुमतले सिफारिस गरेको हो ।

सिफारिस भएका चौथो वरीयताका शर्मा प्रधानन्यायाधीशमा नियुक्त भए ६ वर्षे कार्यकाल पूरै सर्वोच्च चलाउनेछन्। ०८९ वैशाखसम्म उनले सर्वोच्चको नेतृत्व गर्नेछन् ।

यसअघि नै न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ ।

६ वैशाख ०७६ सर्वोच्च प्रवेश गरेका शर्मा ४ असार ०२७ मा जन्मिएका हुन् । शर्मा प्रधानन्यायाधीश नियुक्त हुँदा उनको कार्यकाल कायम रहँदै ११ न्यायाधीशले अवकाश पाउनेछन् ।

शर्मा प्रधानन्यायाधीशबाट अवकाश हुँदा भने हरि फुयाँलको सेवाअवधि तीन वर्ष बाँकी रहन्छ। अब शर्मा संसदीय सुनुवाइ छिचोलेपछि प्रधानन्यायाधीशमा बहाल हुनेछन् ।

यस बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए ।

संवैधानिक परिषद् अध्यक्ष बालेनले आफू, कानुन मन्त्री सोबिता गौतम र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल तीनजनाको बहुमतबाट शर्माको नाम सिफारिस गरे।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेलगत्तै परिषदको बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ७ : ५८ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक