एसियन गेम्स छनोट: सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै « Khabarhub

एसियन गेम्स छनोट: सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

अपराजित यात्रा कायमै राख्दै उपाधि जित्ने नेपालको लक्ष्य


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दैछ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा छ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल छनोटको उपाधि चुम्ने कडीका रूपमा रहेको छ।

प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट काटेका हुन्।

आजै हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो १२:१५ बजे सुरु हुने कार्यतालिका छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ६ : २३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक